काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबी भेटवार्ता भएको छ ।
यसअघि प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिएको थियो ।
तर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् । बालुवाटारमा दुई शीर्ष नेताबीच छलफल जारी छ ।
संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल चलिरहेको बताइएको छ ।










