९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्योे



अ+ अ-

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । एक करोड ८० हजार २२४ जनामा कोरोना संक्मण पुष्टि भएको छ । यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख १ शजार २६२ पुगेको छ । सङ्क्रमितमध्ये ५४ लाख ५७ हजार ९४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको चपेटामा परेको हालसम्म एक लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ९६ हजार ५३७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको देश हो ब्राजिल जहाँ कोरोना संक्रमणका कारण हालसम्म ५७ हजार १०३ जनाको मृत्यु भइसकेको छ । यस्तै, १३ लाख १५ हजार ९४१ जना संक्रमित भेटिएका छन् ।