२४ असार २०८२, मंगलवार
,
Latest
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली राजमार्गः काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र थालियो



अ+ अ-

बेलबारी । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ ।

आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ ।

एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । पूर्वी खण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन् ।

यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो ।