२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई रोमाञ्चक प्रतिस्पर्धामा २ रनले पराजित गर्दै जित हात पारेको छ।

सिरिजको दोस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ र संयमित ब्याटिङको मद्दतले जित सुनिश्चित गरेको हो। खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो। तर, नेपाली बलरहरूको प्रभावकारी प्रदर्शनका कारण स्कटल्याण्ड १९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमै समेटियो।

स्कटल्याण्डका लागि माइकल लिस्कले सबैभन्दा धेरै ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान म्याथ्यू क्रसले १५ रन र ब्रान्डन म्याकमुलनले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।

नेपालका लागि पूर्वकप्तान तथा प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरको स्पेलमा १ मेडन राख्दै जम्मा ११ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। यस्तै, करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिँदा ललितनारायण राजवंशीले १ विकेट लिए।

९८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाली टिमका लागि सुरुवात स्थिर भए पनि मध्यमक्रममा केही दबाब सृजना भएको थियो। नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

ओपनर कुशल भुर्तेलले ३५ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ३० रन बनाए। दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए। अन्य ब्याटर भने उल्लेखनीय प्रदर्शन गर्न असफल रहे।

स्कटल्याण्डका बलरमध्ये सफयान शरीफ र माइकल लिस्कले समान २ विकेट लिए। यस जितसँगै नेपालले सिरिजमा महत्त्वपूर्ण अंक बटुलेको छ। नेपाल अब श्रृंखलाको तेस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सको सामना गर्नेछ।