६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।

आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक फेरि बस्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेको हो ।

दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।