काठमाडौँ । रास्वपा सांसद मनिष झाले पूराना दलहरुको गठबन्धनमा सरकार बनेको भएपनि देशको भविष्य अब नयाँ पुस्ताको हातमा रहेको बताएका छन् ।
सांसद झाले सदनमा रातो लगाउनेहरूलाई निलो रंगले घोच्दै गरेको टिप्पणी पनि गरेका छन् ।
रास्वपा सांसद्हरुले आज संसदमा निलो स्कार्फ लगाएर गएका थिए । त्यसमा नियमापत्ति जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरुलाई निष्कासन गर्न माग समेत गरे ।
त्यसलाई नै लक्षित गर्दै सांसद झाले सामाजिक सञ्जालमा तस्बिरहरु राख्दै लेखेका छन् – ‘२०३६ सालमा निलो रंग लिएर पहेलोविरूद्ध निर्वाचनमा २० लाख मत प्राप्त गरेको नेपाली कांग्रेसलाई आज किन रातो प्यारो भयो ?’
‘आफूले सदनमा रातो लगाउनेहरूलाई आज निलो रंगले घोच्दैछ । यो गठबन्धन र सत्ता पुरानो दलको होला तर यो देशको भविष्य अब नया पुस्ताको हो । सुशासनको लागि हाम्रो आन्दोलन जारी छ ।’ उनले अगाडि लेखेका छन् ।










