६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध जारी राखेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुखले सदनको कारबाही शुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिनुभएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताउनु भयो ।

उहाँले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताउनु भयो । अपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको बताउनु भयो । उहाँले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताउनु भयो । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गर्नुभयो । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको बताउनु भयो ।

भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानविन समिति वा न्यायिक आयोग गठन गर्न माग गर्नुभयो ।