९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

लोकभजन पुस्तान्तरण गरिँदै

लोकभजन पुस्तान्तरण गरिँदै
अ अ+ अ-

गलकोट, (बागलुङ) । विसं २०७४ अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो । लोकभजन र चुट्का लोप हुन थालेपछि यहाँ भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएका छन् ।

भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठनले भजन संरक्षणमा टेवा पुर्‍याएको छ । विसं २०७४ देखि गठन थालिएको भजन समिति जिल्लाभर ४७ वटा पुगेका जिल्लास्तरीय लोकभजन चुट्का समितिले जनाएको छ ।

सुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको थियो । विसं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको हो । जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेका जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसारका समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउने कामको थालनी गरिएको उहाँको भनाइ छ ।

पछिल्लो समय लोप हुने खतरा बढेपछि लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमीले सङ्गठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेका छन् ।

“भजनको धेरै विधा र ताल छन्, अहिले औपचारिक मेला महोत्सवमा  भजनकीर्तन गर्ने र भजनको लयमा नाटक देखाउने गरिएको छ”, केसीले भन्नुभयो, “सनातन हिन्दूधर्म, पूर्वीय दर्शनमा आधारित संस्कार र संकृतिका रूपमा रहेको लोकभजन संरक्षणका लागि यहाँका युवा सत्रिलय छन् भने भजन प्रेमीले सहयोग गरिरहेका छन्, अहिले वाद्यवादनका सामग्री सहयोगबाट जुटाइएको छ, भजनलाई संस्थागत गरेपछि पुस्तान्तरणमा सहयोग पुग्नेछ ।”

विसं २०७६ मा कालिका भगवती गुठीले लोकभजनको संरक्षण तथा पुस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । त्यसयता स्थानीय तहले मादल बजाउने तालिम प्रदान गरिरहेका छन् ।

उहाँले कालिका मन्दिर भजन समूहले बिहान भजन तथा बेलुका आरती भजन नियमित रूपमा गाउँदै आएको छ भने अन्यत्रको पूजाआजामा भजन गाउनका लागि समूहलाई खटाउँदै आएको खड्काले जानकारी दिनुभयो ।

विभिन्न मठमन्दिर, चौरासी पूजा र व्रतबन्धमा भजन गाउन समूह सक्रिय रूपमा लाग्ने गरेका छन् । भजन संरक्षण, प्रशिक्षण तथा प्रवर्द्धन सहयोग पुग्न थालेको छ । धार्मिक पर्यटकलाई लोकभजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ । प्रतिष्ठानको अगुवाइमा रु पाँच लाख बराबरको ध्वनियन्त्र र वाद्यवाधनका सामग्री सङ्कलन गरिएको अगुवा भजनकर्ता दुर्गाबहादुर आचार्यले जानकारी दिनुभयो । रासस