२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसदको बैठक सञ्चलन गर्नुभएको बताउनुभएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताउनु भयो । उहाँले संसदीय मर्यादा परम्परामा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध रहेको बताउनु भयो ।

भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको आरोप लगाउनु भयो । संसद सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन । संसदीय मर्यादा परम्परामा संसद अवद्ध भइरहेको बेलामा वा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध मानिन्छ । पहिले दुई वटा महत्वपूर्ण राजनीतिक पार्टीहरुले देशको महत्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको छ । त्यो संसदीय मर्यादा र परम्परा विपरितको काम भएकाले त्यस्तो बैठकमा सहभागी हुनु अनुचित ठानेर संसद बैठक बहिष्कार गरेको छ । जबसम्म संसद सही प्रकारले चल्दैन तबसम्म यस प्रकारको बैठक बहिष्कार गराइराख्छौँ । बैठकमा भाग नलिएको समयको भत्ता हामी लिँदैनौँ ।’

उहाँले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाउनु भयो । सरकारमा बसेकाहरुको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताउनु भयो । संख्याको दम्भमा विचार निषेध गर्ने काम भएको बताउनु भयो ।