१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता

नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता
अ अ+ अ-

काठमाडौं । नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ ।

सोमवार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो ।

त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ । नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ ।

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. खेम कार्कीले कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरुको संख्या ९२ प्रतिशत रहेको बताउनु भयो । उहाँले कुल यौन दुर्बलता भएकाहरुमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको बताउनु भयो । ८४ प्रतिशत पुरुषहरु यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसंख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ । एशियन देशहरुमा अरु क्षेत्रको भन्दा अझ बढी छ  । मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङ्गमा ६४ प्रतिशतसम्म छ पुरुषहरुमा भने महिलामा सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ । नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरु गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौँ । क्लिनिकल हस्पिटल स्टडिजहरु हेर्दा जनसंख्यावेशमा यसको स्थिति के छ भनेर पपुलेशन बेसमा यो स्टडी गरेका हौँ । विशेष गरी ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा हामीले हरेका हौँ । यौन प्रवलता बढाउन हामीले के सुझाव दिने भन्ने पनि अध्ययन गरेका छौँ । यसमा ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यो समस्या रहेको छ । त्यस्तै ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ । समग्रमा ६८ प्रतिशत भन्न सकिन्छ । टोटल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज हुने भनेको ९२ प्रतिशत छ । महिलालाई अराउजलको समस्या ९४ प्रतिशत रहेको छ । ९४ प्रतिशत महिलामा यौनको उत्तेजना नै नहुने खालको समस्या छ । ८४ प्रतिशत पुरुषहरुले यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन सकेका छैनन् ।’

मधेसका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता

उहाँकाअनुसार प्रदेशगत रुपमा हेर्दा पुरुषहरुमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो ।

उहाँले भन्नुभयो, ‘यौन दुर्बलता सबैभन्दा बढी कर्णाली प्रदेशका पुरुषमा रहेको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा पुरुषमा ७८ र महिलामा ५१ एवं जोडीमा ६० प्रतिशत यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत ३० वर्ष माथिको जोडीहरुमा यौन दुर्बलता रहेको छ ।’

अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरुमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरुमा करिव उस्तै उस्तै यौन दुर्बलता रहेको पाइएपनि तराईका महिलाहरुमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।