२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेसँग रास्वपाका नेताहरूको भेटवार्ता



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी)अर्याल एवं प्रमुख सचेतक सन्तोष परियारले भेटवार्ता गर्नुभएको छ ।

सभामुखको सरकारी निवास बालुवाटारमा आज बिहान उहाँहरूबीच भेटवार्ता भएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा सभामुखले संसद्मा अवरोधभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा सभामुख घिमिरे भन्नुभयो, “दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भयो, बजेटबारे व्यापक छलफल गर्नुपर्नेछ, बनेटलाई समृद्ध बनाउने बेला संसद् अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ, विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको हुँ तर, अब रोक्ने अवस्था छैन ।”

संसद्को नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको कुरा सुनाउनुभएको थियो ।

सभामुख घिमिरेले भन्नुभयो, “यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्छ, तपाईंहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ, बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु, गम्भीर भएर छलफल गरौँ ।”

रास्वपाले भने विपक्षीले उठाएका माग गम्भीर भएको र जनताको वास्तविक समस्या उठाएका उल्लेख गरेको थियो । रास्वपाका कार्यवाहक सभापती अर्यालले भन्नुभयो, “हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध गर्न बाध्य भएका हौँ, अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ, तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।”