६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर



अ+ अ-

न्यूजपोलार ए.आई.

  • राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर
  • राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा
  • सअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको

काठमाडौं । तीनकुने घटनाका आरोपी राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु भएको छ ।

राणा सोमबार कार्यलय समयमा अदालतमा हाजिर हुनु भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान राणाले बयान दिनुहुने उहाँले जानकारी दिनुभयो ।

२०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको आन्दोलन हिसात्मक भएको र सो आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो।