२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर



अ+ अ-

न्यूजपोलार ए.आई.

  • राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर
  • राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा
  • सअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको

काठमाडौं । तीनकुने घटनाका आरोपी राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु भएको छ ।

राणा सोमबार कार्यलय समयमा अदालतमा हाजिर हुनु भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान राणाले बयान दिनुहुने उहाँले जानकारी दिनुभयो ।

२०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको आन्दोलन हिसात्मक भएको र सो आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो।