३ भाद्र २०८३, बुधबार
,
Latest
गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषी सभामुख कि इगो ? : योगेश भट्टराई



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहका सांसद योगेश भट्टराईले विपक्षीको अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक चलाएको घटनाको बचाउ गरेका छन् ।

विपक्षी दल रास्वपाको अवरोध र बेलघेराउका बीच सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक चलाउँदै आएका छन् । यसको विरोध हुँदै आएको छ ।

तर, एमाले सचिव भट्टराईले भने आज सामाजिक सञ्जालमा सभामुखको बचाउ गरेका छन् । उनले अडानका नाममा प्रक्रियालाई बन्धक नबनाउन समेत आग्रह गरेका छन् ।

सचिव भट्टराईले के भनेका छन् त ?

सभामुखका बारेमा सुविधा अनुसारको व्याख्या ?

नाराबाजीका बीचमा संसद चल्नु राम्रो होईन तर के यो पहिलो चलेको पटक हो त? विगतका प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले वेलमा नारा लगाएकै थिए । वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मीडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो? के बोलिएको थियो? एकपटक आफैलाई ऐनामा हेर्ने हो की ?

कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमती कसरी बनाउने? सहमतीको न्यूनतम आधार केलाई बनाउने? बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक बिषयमा सबैको सहमती हुनै पर्छ भन्ने ग्यारेन्टी कस्ले गर्न सक्छ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने?

आउनुहोस छलफल गरौ । सकेसम्म सर्बस्वीकार्य प्रणाली स्थापित गरौ । अड़ानका नाममा प्रक्रियालाई बन्धक नबनाऊ । दोसी सभामुख हो की हाम्रो ईगो?