९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कानुन व्यवसायी सुजित केसीविरुद्ध साइबर अपराधको मुद्दा

कानुन व्यवसायी सुजित केसीविरुद्ध साइबर अपराधको मुद्दा
अ अ+ अ-

काठमाडौं । राप्रपाको युवा संगठनका अध्यक्ष तथा कानुन व्यवसायी सुजित केसीविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । फेसबुकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिवारमाथि स्टाटस लेखेको आरोपमा केसीविरुद्ध मुद्दा दायर गरिएको हो ।

कानुन व्यवसायी केसीले शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाका छोरा जयबिर सिंह देउवालाई ‘भ्रष्टाचारको पैसा सेतो बनाउने प्रपञ्च’ भन्दै फेसबुकमा स्टाटस हालेको उजुरी आएपछि केसीमाथि साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

सुजित केसी नामको प्रोफाइलबाट केसीले जयबिरको फोटोसहित स्टाटस लेखेका थिए । उक्त स्टाटसले देउवा परिवारप्रति घृणा फैलाउने र बदनाम गर्ने उद्देश्य राखेको भन्दै उजुरी परेको थियो ।

मोबाइल, फेसबुक लिंक र पोस्टको डिजिटल फरेन्सिक परीक्षणसमेत गरिएको साइबर ब्यूरोले जनाएको छ ।

केसीलाई पहिले पक्राउ गरी हाजिर जमानीमा रिहा गरिएको थियो । तर, जेठ २९ मा अभियोग पत्र दर्ता गर्दा उनी उपस्थित नभएको भन्दै अदालतमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ अनुसार पक्राउ पुर्जी जारी गरिदिन माग गरिएको छ ।

केसीले अनुसन्धानका क्रममा स्टाटस आफैंले लेखेको स्वीकार गरेका छन् । उनले लेखेको कुरा सत्य नहुन सक्छ भनेर स्टाटस डिलिट पनि गरेका थिए ।

यसअघि सोही विषयमा पत्रकार दिलभूषण पाठकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।