२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएनः पूर्वअर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताउनु भयो । उहाँले वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गर्नुभयो । उहाँले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, “अहिलेको सरकार पहिलो ठुलो र दोस्रो ठुलो दल र संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकार हो । दुई तिहाइको सरकार गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौ, राजनीतिक अस्थिरता देखिएको छ यसलाई स्थिर बनाउँछौँ, सेवा प्रवाहका कुरामा कडाइका साथ जान्छौँ र अर्थतन्त्रमा केही सुधार गर्छौ भनेर उहाँहरूले प्रतिबद्धता गर्नुभएको थियो । यो पृष्ठभूमिमा आएको यो बजेट हो । यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा आएको छ । सरकार बलियो, बजेट कमजोर । बजेटलाई हेर्दा एजेण्डाहरूलाई नारासहित विषयमा केन्द्रित गरेर, बजेटलाई प्याकेजिङ गरेर, ब्रान्डिङ गरेर एकीकृत रूपले कहाँनिर फोकस गर्न खोजेको हो, त्यहाँ फोकस हुन्थ्यो । एकातिर अर्थमन्त्री ज्यूको मिहिनेत देखिएन र साथसाथै, दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत जति हुनुपथ्र्यो त्यो पनि भएन ।”  

आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको जिकिर गर्नुभयो ।