५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताउनुभउको छ ।

प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उहाँले प्रतिपक्षी दलहरु विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताउनुभएको हो ।

उहाँले अर्थमन्त्रीले बजेट प्रश्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरुमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरु नाराबाजी गर्दैगर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताउनु भयो । सहमति गरिसकेर मात्रै सभँ सञ्चलन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज अर्थमन्त्रीज्यु बजेट प्रश्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरु, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरुमध्ये एउटा ल अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नारबाजी गरिरहेको छ । मन्त्रीज्युले भनेका कुराहरु हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’

उहाँले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गर्नुभयो ।