११ श्रावण २०८३, सोमबार
,
Latest
पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः ‘चोकर्स’को ट्याग हटाउँदै ‘विश्व च्याम्पियन’ बनेको दक्षिण अफ्रिका



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाले अन्ततः ‘चोकर्स’को दागबाट छुटकारा पायो र ‘विश्व च्याम्पियन’को ट्याग प्राप्त गर्‍यो ।

अनि कसरी ‘क्रिकेटको घर’ द लर्ड्समा विश्व टेस्ट च्याम्पियनशिप (डब्लुटिसी)को फाइनलमा तीनै ढाँचामा ८ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई हराएर यसबाट छुटकारा पायो ?

कप्तान टेम्बा बभुमा, ब्याट्सम्यान एडेन मार्कराम र फास्ट बलर कागिसो रबाडाले ऐतिहासिक जित हात पारे।

२२ वर्षको प्रतिबन्धपछि १९९१ मा क्रिकेटमा फर्किएको दक्षिण अफ्रिकाले यसअघि तीनै ढाँचाका विभिन्न विश्वकपमा १ फाइनल र ७ सेमिफाइनल हारेको थियो ।

विश्व टेस्ट च्याम्पियनशिप अघि, टोलीको एकमात्र आईसीसी ट्रफी पनि १९९८ मा च्याम्पियन्स ट्रफीको रूपमा आएको थियो । यस प्रतियोगितामा पनि टोलीले ५ सेमिफाइनल हारेको थियो । २७ वर्षको लगातार हारपछि, दक्षिण अफ्रिकाले अन्ततः आईसीसी प्रतियोगिता जितेर हर्षित बन्यो ।

१९७० सम्म दक्षिण अफ्रिकी क्रिकेट टोलीमा गोरा खेलाडीहरूलाई मात्र मौका दिइन्थ्यो । दक्षिण अफ्रिकाले एक जना पनि कालो खेलाडी भएको टोलीविरुद्ध कुनै खेल खेलेको थिएन । त्यसैले यसले भारत, वेस्ट इन्डिज, पाकिस्तान जस्ता टोली विरुद्ध खेलेको थिएन ।

भारत र वेस्ट इन्डिजले दक्षिण अफ्रिकाको रंगभेद नीतिको कडा विरोध गरे र दक्षिण अफ्रिकामाथि २२ वर्षको प्रतिबन्ध लगाइयो । यो प्रतिबन्ध निर्धारित समयभन्दा लगभग एक वर्ष अगाडि १९९१ मा हटाइयो । यसपछि दक्षिण अफ्रिकाले पहिलो पटक भारतको भ्रमण गर्यो ।

१९९२ मा, दक्षिण अफ्रिकाले पहिलो पटक आईसीसी प्रतियोगितामा भाग लिएको थियो । त्यसपछि अष्ट्रेलिया र न्यूजील्याण्डले आयोजना गरेको एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा, दक्षिण अफ्रिका वर्षाको अनौठो नियमका कारण हार्न पुग्यो ।

एकदिवसीय विश्वकप
१९९२ मा आइसीसी प्रतियोगितामा राम्रो सुरुवात गरेपछि टोली १९९६ देखि २०१५ सम्म ६ मध्ये ५ पटक नकआउट राउन्डमा पुगेको थियो, तर कहिले क्वार्टरफाइनल र कहिले सेमिफाइनलमा हारेर बाहिरिएको थियो । २००३ र २०१९ मा, टोली नकआउट राउन्डमा पुग्न सकेन ।

२०२३ मा, दक्षिण अफ्रिकाले पुनरागमन गर्‍यो र सेमिफाइनल खेल्यो, तर अष्ट्रेलियासँग हार्यो । यो एकदिवसीय विश्वकपमा अष्ट्रेलिया विरुद्ध टोलीको तेस्रो सेमिफाइनल हार थियो ।

यसबाहेक टोलीले न्युजिल्याण्डसँग दुई पटक र वेस्ट इन्डिज र इङ्गल्याण्डसँग एक–एक पटक नकआउट खेल हारेको थियो । टोलीले २०१५ मा एक मात्र नकआउट खेल जितेको थियो, जहाँ उसले क्वार्टरफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । यद्यपि, टोली यस प्रतियोगिताको सेमिफाइनलमा बाहिरिएको थियो ।

टी–२० विश्वकप
२००७ मा क्रिकेटको सबैभन्दा छोटो ढाँचाको विश्वकप सुरु हुँदा, आईसीसीले दक्षिण अफ्रिकालाई आयोजना अधिकार दियो । टोलीले पहिलो खेलमा नै वेस्ट इन्डिजलाई पराजित गर्‍यो । सुपर–८ मा पनि टोलीले लगातार २ खेल जित्यो, तर अन्तिम खेल भारतसँग हारेपछि समूह चरणबाटै बाहिरिनुपर्‍यो ।

२००९ मा, दक्षिण अफ्रिका फेरि सेमिफाइनलमा पुग्यो, तर यस पटक पाकिस्तानसँग हार्यो । २०१० र २०१२ मा, टोलि समूह चरणबाट बाहिरियो । २०१४ मा सेमिफाइनलमा पुगेको दक्षिण अफ्रिका भारतसँग हारेर बाहिरिएको थियो ।

२०१६ देखि २०२२ सम्म, टोली फेरि समूह चरणबाटै बाहिरियो र गत वर्ष २०२४ मा पहिलो पटक फाइनलमा पुग्यो । टोलीले सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गर्‍यो र पहिलो पटक टी–२० विश्वकपमा नकआउट खेल जित्यो ।

भारतलाई हराएर दक्षिण अफ्रिकाले च्याम्पियन बन्ने मौका पाएको थियो । फाइनलमा एक समयमा टोलीलाई ३० बलमा केवल ३० रन आवश्यक थियो, तर दक्षिण अफ्रिका ७ रनले हार्न पुग्यो ।

च्याम्पियन्स ट्रफी
१९९८ मा, आईसीसीले च्याम्पियन्स ट्रफीको रूपमा पहिलो पटक आफ्नो दोस्रो ५० ओभरको प्रतियोगिता सुरु गर्‍यो । यसलाई कहिले विल्स इन्टरनेशनल र कहिले नकआउट ट्रफी भनिन्थ्यो, तर अहिले यसलाई च्याम्पियन्स ट्रफीको रूपमा चिनिन्छ ।

दक्षिण अफ्रिकाले यसमा उत्कृष्ट प्रदर्शन गर्‍यो र लगातार ३ नकआउट खेल जितेर ट्रफी जित्यो । ज्याक कालिस प्लेयर अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्ट बने ।

यो १३ जुन २०२५ सम्म दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीको पहिलो र एकमात्र आईसीसी उपाधि थियो ।

यसपछि टोलीले ७ पटक च्याम्पियन्स ट्रफीमा भाग लिएको थियो, तर फाइनलसम्म पनि पुग्न सकेन उपाधि जित्नु त परको कुरा । टोलीले २००० र २००२ मा भारतसँग लगातार दुई सेमिफाइनल हारेको थियो। २००६ मा वेस्ट इन्डिज र २०१३ मा इङ्गल्याण्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

दक्षिण अफ्रिकाले २००४, २००९ र २०१७ मा समूह चरण पनि पार गर्न सकेन । पहिलो उपाधि जितेपछि, टोलीले च्याम्पियन्स ट्रफीमा ५ नकआउट खेल खेल्यो, ४ सेमिफाइनलमा हार्यो । टोलिले सन् २००० मा इङ्गल्याण्ड विरुद्धको एक मात्र क्वार्टरफाइनल जित्यो । यसको अर्थ टोली विश्वकपमा ३२ वर्षदेखि र च्याम्पियन्स ट्रफीमा २६ वर्षदेखि ‘अभागी’ सावित भएको छ ।

दक्षिण अफ्रिकालाई ‘चोकर्स’ भन्न थालियो
‘चोकर्स’ भनेको ठूला अवसरहरूमा दबाबमा चकनाचुर हुनेहरू हुन् । यसले ३४ वर्षदेखि दक्षिण अफ्रिकालाई पिरोलिरहेको छ । एकदिवसीय, टेस्ट वा टी–२० क्रिकेटको हरेक ढाँचामा आफ्नो छाप छोडेको यो टोलीले केवल एक पटक मात्र विश्वकप फाइनल खेल्न सकेको छ ।

त्यसमा पनि टोली गत वर्ष भारतसँग हारेको थियो । टोलीले विश्वकप फाइनल अघि १२ सेमिफाइनल हारेको थियो । कहिले वर्षाले धोका दियो, कहिले भाग्यले । जित कहिल्यै हासिल भएन ।

विश्व टेस्ट च्याम्पियनसिप
च्याम्पियन्स ट्रफी, एकदिवसीय विश्वकप र टी–२० विश्वकप पछि आईसीसीले २०१९ मा टेस्ट ढाँचाको प्रतियोगिता पनि सुरु गर्‍यो । यसलाई विश्व टेस्ट च्याम्पियनशिप अर्थात् (डब्लुटिसी) नाम दिइएको थियो, जसमा शीर्ष ९ टोलीहरू बीच २ वर्षसम्म ६–६ शृङ्खला खेलाइन्छ ।

दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिपको पहिलो दुई फाइनल खेल्न सकेन, तर तेस्रोमा रोमाञ्चक प्रवेश गर्यो र जित्यो पनि । एक समयमा, टोलीले फाइनलमा पुग्न ६ मध्ये ५ टेस्ट जित्नुपरेको थियो । उसले अर्को ३ शृङ्खलामा पाकिस्तान, श्रीलंका र बंगलादेशलाई पराजित गर्दै उपाधि खेलमा प्रवेश गर्यो ।

अष्ट्रेलियाविरुद्धको फाइनलमा, दक्षिण अफ्रिका पहिलो दुई दिन दबाबमा थियो । टस जितेर पहिले बलिङ गरेपछि, उनीहरूले अष्ट्रेलियालाई २१२ रनमा अलआउट गरे, तर टोली आफैंले १३८ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङमा, अष्ट्रेलियाले फेरि २१८ रन बनायो र २८२ को लक्ष्य राख्यो ।

लर्ड्स स्टेडियममा भएको खेलको तेस्रो दिन दक्षिण अफ्रिकाले घामको साथ पायो । पहिलो दुई दिन बादल बढी भएकाले बल बढी स्विङ भइरहेको थियो, तेस्रो दिन बादल हट्यो र ब्याटिङ गर्न सजिलो भयो ।

एडेन मार्क्रम र टेम्बा बभुमाले यसको फाइदा उठाउँदै १४७ रनको साझेदारी गर्दै टोलीलाई जितको सँघारमा पुर्‍याए । मार्क्रमले शतक बनाए भने कागिसो रबाडाले ९ विकेट लिएर टोलीलाई विश्व टेस्ट च्याम्पियन बनाए । मार्क्रम प्लेयर अफ द फाइनल पनि भए ।

विश्व च्याम्पियन बनेरै छोड्यो
दक्षिण अफ्रिकाको डब्लुटिसी जितसँगै, क्रिकेटमा अब तीनै ढाँचामा ८ फरक च्याम्पियनहरू छन् । एकदिवसीय र टी–२० मा कहिल्यै च्याम्पियन नभएका न्यूजील्याण्ड र दक्षिण अफ्रिकाको नाममा डब्लुटिसी उपाधि छ ।

जबकि कहिल्यै डब्लुटिसी जित्न नसकेका इङ्गल्याण्ड, पाकिस्तान, श्रीलंका, भारत र वेस्ट इन्डिजसँग एकदिवसीय र टी–२० विश्वकप ट्रफीहरू छन् । यद्यपि, यी ८ टोलीहरूमध्ये अष्ट्रेलिया एक मात्र टोली हो जसको नाममा सबै आईसीसी ट्रफीहरू जित्ने रेकर्ड छ । उसले ६ एकदिवसीय विश्वकप, २ च्याम्पियन्स ट्रफी, १ टी–२० विश्वकप र १ विश्व टेस्ट च्याम्पियनसिप जितेको छ ।