१९ माघ २०८१, शनिबार
,
Latest
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडपमा गोली चल्दा, १५ भन्दा बढी घाईते



अ+ अ-

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँगे्रसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना बढी घाईते भएका छन् ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले झडपमा १५ जना भन्दा बढी घाईते भएका र उनीहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको जानकारी दिए । राती झडपलाई नियन्त्रण गर्ने र घाईतेलाई उद्धार गर्ने काममै केन्द्रित भयौँ, प्रहरी उपरीक्षक पोखरेलले भने, अहिले बिहान ककस्लाई गोली लागेको छ भन्ने पहिचान गर्दैछौँ । उनले झडपमा दुई जना प्रहरी समेत घाईते भएका बताए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको एसपी पोखरेलको भनाई छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले धनकौलको स्थिति सोमवार बिहान सामान्य रहेको बताए । धनकौलका पछिल्लो समय नेकपा र काँगे्रसका कार्यकर्ताबीच पटक–पटक झडपका घटना भइरहेका छन् ।

स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साताअघि मात्रै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । आइतवार झडप हुनुको कारण भने प्रष्ट भइसकेको छैन् ।
धनकौलमा आइतवार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर र्याली निकालेको थियो । त्यही र्यालीकै क्रममा आइतवार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो । यादव नेकपाका स्थानीय नेता हुन् । सो घटनापछि प्रहरीले रामनगर ४ का वडाध्यक्ष रामनरेश महतोलाई हिरासतमा लिएको छ । काँगे्रसले घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई सूचना दिने वडाध्यक्षलाई बिना कारण राजनीतिक दबाबका आधारमा नियन्त्रणमा लिइएको दावी गर्दै आएको छ भने नेकपाले वडाध्यक्ष महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेकाले छानबिन गर्न माग गर्दै आएको छ ।

मृतक रामजलका छोराले वडाध्यक्ष लगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएका छन् । हत्याको घटना राजनीतिकरण भइरहँदा रामजलको शव अघिल्ला साताको आइतवारदेखि जिल्ला अस्पतालको शव गृहमा छ । रामजलको हत्या भएको रामनगर गाउँपालिका र आइतवार साँझ झडप भएको धनकौल गाउँपालिका दुवै सर्लाहीको ४ नं। निर्वाचन क्षेत्रमा पर्छ । यहाँ सानो विषयलाई पनि राजनीति रङ्ग दिएर विवादमा परिणत गरिँदै आएको छ । गोरखापत्र दैनिक