८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

नोबेल विजेता लेखक मो यान अब नेपालीमा

नोबेल विजेता लेखक मो यान अब नेपालीमा
अ+ अ-

 काठमाडौँ:  संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो घर पाटनमा भएको एक भेटमा साहित्यकार अमर न्यौपानेलाई भने, ‘मो यानले यस वर्ष नोबेल पुरस्कार पाए । तपाईं जस्तो आख्यानकारले मो यान पढ्नैपर्छ । किनकिमो यानले दन्त्यकथाहरुलाई अहिलेको समयसँग जोडेर लेख्छन्।’ वयोवृद्ध उमेरमा पुगिसकेका जोशीले मो यानबारे यस्तो भनेदेखि नै आफूलाई मो यानबारे चासो लागेको न्यौपानेले बताए ।

मो यानका कथा र उपन्यासिका नेपालीमा आउँदै छन् भनेर कभर देख्नेबित्तिकै पढ्न मन लागेको थियो,’ नेपालयमा आएर पहिलो कपी किन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञसमेत रहेका साहित्यकार न्यौपानेले भने, ‘छिमेककै विख्यात लेखकले नोबेल पुरस्कार पाएको १३ वर्षपछि बल्ल नेपाली भाषामा आइपुग्यो । यो सुखद् कुरा हो ।’

न्यौपाने अहिले प्रज्ञा–प्रतिष्ठानमा आख्यान विभाग प्रमुखसमेत छन् । उनले थप भने, ‘नेपालय जस्ता प्रकाशन संस्थाले आख्यानहरुको अनुवाद–आदानप्रदान बढाउन ठूलो भूमिका खेल्न सक्छ ।’

शनिबार बिहान कालिकास्थानमा रहेको नेपालय आरशालामा बेग्लै चहलपहल थियो । साहित्यकार कुमार नगरकोटी मो यानलाई ‘सेलिब्रेट’ गरिरहेका थिए । आफ्ना दुई नयाँ कविता सुनाइसकेपछि उनले मो यानको अनुवाद पुस्तक लोकार्पण गर्दै पुस्तकको आत्मकथा सुनाए ।

कोरियन ‘ह्वेल’बुल्गेरियन ‘टाइम शेल्टर’आइरिस ‘प्रोफेट सङ’जर्मन ‘काइरोस’ तथा जापानिज ‘ब्रेस्ट्स एन्ड एग्स’ जस्ता किताबहरूले मो यानको लेखन शिल्पलोक कथात्मक शैली एवम् म्याजिकल इम्याजिनेसनको मुक्तकण्ठले प्रशंसा गरे,’ नगरकोटीले आफ्नो लिखित मन्तव्य वाचन गर्दै भने, यो किताबको लेखक नोबेल लरेट मो यान हो । आजकाल नगरकोटी यसैको फ्यान हो ।

मो यानलाई नोबेल पुरस्कार प्रदान गर्ने क्रममा नोबेल कमिटीले भनेको छ, ‘मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथाइतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन् ।’

पब्लिकेसन नेपालयको प्रचलन अनुसार हलमा उपस्थितमध्ये कुनै एकलाई पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरिन्छ । यही सिलसिलामा अनुवादक सर्वोतम श्रेष्ठले अग्रज साहित्यकार भुवन ढुंगानाको नाम लिए । यसरी वक्ता कुमार नगरकोटीसाहित्यकार भुवन ढुंगाना र अनुवादक सर्वोतम श्रेष्ठले पुस्तक लोकार्पण गरे ।

मो यान स्वयंले अनुवादक सर्वोतम श्रेष्ठलाई नेपाली अनुवादका लागि आफ्ना कथा र उपन्यासिका छानेर दिएका थिए ।

चीनमा चिकित्सा शिक्षा पढ्दा अनुवादक सर्वोतम श्रेष्ठलाई चिनियाँ भाषा र साहित्यको रस पस्दै गयो । फलतः श्रेष्ठले चिनियाँ भाषाबाट छ वटा पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन् । ‘मो यानका रचना विभिन्न भाषामा अनुवाद भइसके पनि नेपालीमा आएका थिएनन्त्यसैले मैले नेपालीमा अनुवाद गरेँ,’ अनुवादक श्रेष्ठले भने, ‘चिनियाँ ग्रामीण जीवनका सुख–दुःख धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छन्ती घटनामा लेखकको कल्पनाशीलताले गर्दा कथा जीवन्त बनेका छन् ।’

करेसाबारीमा उब्जिएको तरकारीले मात्र हाम्रो आवश्यकता र स्वाद पूर्ति गर्दैनहामीले बाहिरबाट किनेर ल्याएर पनि तरकारी खानुपर्छ । त्यस्तैसंसारभरको राम्रो साहित्यसंगीतदर्शन आदानप्रदान हुनुपर्छ भन्दै पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘यही वर्ष हामीले भारतीय लेखक फणीश्वरनाथ रेणुको अनूदित पुस्तक ‘सात सालको कथा’ प्रकाशन गर्यौँ भने अहिले चिनियाँ लेखक मो यानको अनुवाद आख्यान प्रकाशन ग-यौँ ।’

आज लोकार्पण गरिएको पुस्तकमा मो यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यान छन् ।