२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान



file photo
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरी गर्न आह्वान गरेको हो ।

उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।