२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत सुरक्षा सामग्री वितरण



अ+ अ-

काठमाडौं । स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच(पिपिई) प्रदान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवधन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल,  पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारीलाई पिपिई हस्तान्तरण गरेको हो ।

कोभिडको सङ्क्रमणबाट खासगरी स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत कर्मचारी, श्रमिक बढी जोखिममा रहने भएकाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताउनुभयो । अमेरिका, नर्वे, जापान, कोरिया, मलेसिया, फिलिफन्स आदि देशले कोभिड­१९ महामारीलाई व्यावसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रुपमा पहिचान गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गरिसकेको अवस्थामा नेपालमा पनि खासगरी अग्रपङ्तिका अति आवश्यकीय सेवामा कार्यरत, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइ कर्मचारीहरु कोभिडको कारण विरामी भएका वा विरामी भई उचपाररत रहेका वा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनपर्नेमा उहाँले जोड दिनुभयो । 

श्रमीकहरुलाई व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरुको हुने श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ मा व्यवस्था रहेपनि अहिले कोभिडको महामारीको बेला अधिकांश निकायहरुले व्यक्तिगत सुरक्षा कवचको प्रबन्ध गर्न सकेका छैनन् । बन्दाबन्दीको सहजतासँगै काममा फर्किदै गर्दा अपनाउनुपर्ने सम्पूर्ण पूर्व सावधानीहरु जस्तै आवश्यक सुरक्षा कवच, स्यानिटाइजर, सामाजिक एवं भौतिक दूरीको कडाइका साथ पालनासागै कार्यस्थललाई निसङ्क्रमित र सरसफाइ गर्ने र यान्त्रिक उपकरण एवं औजारहरुको पूर्ण परीक्षण गर्न गराउन जरुरी हुन्छ ।