५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताउनुभएको छ ।

शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाउनु भयो । यसले कतिपय सांसदहरुले अर्को पटक मत नै नपाउने स्थिति बन्ने गरेको बताउनु भयो । उहाँले राजनीतिक स्थिरता नभइकन विकास सम्भव नहुने बताउनु भयो । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्न अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनु भयो ।
अध्यक्ष यादवले भन्नुभयो, ‘राजनीतिक स्थिरता नभइकन विकास हुँदैन । धेरै कुरा भताभुङ्ग भएर जान्छ । त्यो पनि अर्धसत्य त हो । थाइल्याण्डमा राजनीतिक स्थिरता कम छ, विकास तिब्र गतिले अघि गइरहेको छ । हामीले यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ ? अरु देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ । सबै श्रोत,साधन त्यहीँ पु¥याउँछ । त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ । कतिपय सांसद त घरको न घाटको हुन्छन् । अर्को पटक जनताले भोट पनि हाल्दैनन् । के गरिस् । के विकास गरिस् भन्छन् । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्नुपर्छ । त्यसो गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्छ ।’

अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद हुने स्थिति नबनाएसम्म स्थिरता नहुने जिकिर गर्नुभयो ।