१ श्रावण २०८२, बुधबार
,
Latest
राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट साहित्यिक पत्रकार पन्थी र साह सम्मानित पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको वृहत हितका निम्ति सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताउनुभएको छ ।

झापाको दमकमा शनिवार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यष दाहालले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु सदनमा रहेको भन्दै माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले सदन अवरोध गर्नु भनेको संघीय निजामति ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरु थाँती राख्नु भएको बताउनु भयो । एक महिनाभित्र समिति बनाउन बाध्य पारेर छानविन गर्ने शर्तमा सहमति गरेको बताउनु भयो । तर केहीले  आकाश नै खस्यो, जहाँज नै डुब्यो, धर्ती नै भासियो जस्तो गर्ने गरेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषय पनि त्यहाँ छन् । यो सबै कारणले माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्नु भनेको सदन अवरोध गरेको छ, अवरोध गरेको छ । गर्नु भनेको संघीय निजामति ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरु थाँती राख्नु जस्तो भयो । त्यसैले हामी कहीँ न कहीँ सरकारलाई एक हदसम्म छानविनको निम्ति बाध्य पारेर एक महिनाभित्र समिति बनाएर गरौँ भन्ने बाध्य पारेर मात्रै राष्ट्र र जनताको वृहत हितका निम्ति हामीले सहमति गरेको हो । तर एकथरी मान्छेहरु खत्तम भयो, आकाश नै खस्यो, जहाँज नै डुब्यो, धर्ती नै भासियो जस्तो गरेका छन्, बिल्कुल वाहियात कुरा हो । हामी एउटा जिम्मेवार पार्टी मात्रै होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व पार्टी हो, रक्षा गर्ने मुल पार्टी हो ।’

अध्यक्ष दाहालले माओवादी जिम्मेवार पार्टी मात्र नभइ संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व पार्टी वहन गरेको पार्टी भएको जिकिर गर्नुभयो ।