२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई प्रारम्भ भएको छ ।

शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई प्रारम्भ गरिएको हो । समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रश्ताव गर्नुभयो । प्रश्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ ।

उहाँले भन्नुभयो, ‘संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रश्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रश्ताव गर्दछु । ’

संसदीय सुनुवाई समितिमा आज तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यको नियुक्तिबारे सुनुवाई प्रक्रिया प्रारम्भ भएको हो । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस हुनुभएको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ ।