३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशमाथि भएको अभद्र व्यवहारप्रति कानुन समाजको आपत्ति



अ+ अ-

काठमाडौं । नेपाल कानुन समाजले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।

न्यायाधीशहरुमाथि यही जेठ २९ गते केही व्यक्तिहरुले कार्यस्थलमै पुगेर अभद्र व्यवहार गरेका थिए ।

कानुन समाजले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ । ‘माननीय न्यायाधीशहरुको काम कारवाही र आचरणको अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी न्याय परिषदको हो । न्याय सम्पादनको सिलसिलामा गरिएका निर्णयहरुको विषयलाई लिएर यस प्रकारको दुर्व्यवहार  हुनु न्यायपालिका प्रतिको आक्रमण भएको र यसले न्यायपालिकाको स्वच्छता र मर्यादामा प्रतिकुल प्रभाव पार्दछ भन्ने नेपाल कानून समाजको धारणा रहेको छ’ कानुन समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल कानून समाज स्थापना कालदेखि नै कानूनको शासन, स्वतन्त्र र सक्षम न्यायपालिकाको पक्ष पोषण गर्दै न्यायपालिकाको गरिमा उच्च राख्न निरन्तर काम गर्दै आएको संस्था हो । नेपाल कानून समाज उच्च अदालतको विरगञ्ज इजलासमा घटाइएको उक्त घटनाको गम्भिर निन्दा र भत्सना गर्दै, उक्त घटनामा संलग्न व्यक्तिहरु माथि तत्काल कानूनी कारवाहीको माग गर्दछ । ’