२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवा: राष्ट्रिय मुक्तिमोर्चा नेपा: को गोरखा अध्यक्षमा पुन: श्रेष्ठ चयन



अ+ अ-

गोरखा । नेवा: राष्ट्रिय मुक्तिमोर्चा नेपा: को गोरखा अध्यक्षमा पुन: लालप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । मोर्चाको शुक्रबार गोरखा सदरमुकाममा भएको जिल्ला कार्य समितिको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा उहाँ पुन: निर्विरोध निर्वाचित हुनुभएको हो ।

सम्मेलनबाट उपाध्यक्षमा गणेश कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लिला श्रेष्ठ, सचिवमा साधु राम श्रेष्ठ, कोषाध्यक्षमा राममायाँ श्रेष्ठ र सह–सचिवमा निर्मल श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बुद्धरत्न श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, बिष्णुप्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अमृत श्रेष्ठ, पार्वती श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, यदुकुमार श्रेष्ठ, बिमला श्रेष्ठ, उदय श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, डोलमान श्रेष्ठ, हरीबावु श्रेष्ठ र रेशमलाल श्रेष्ठ समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

सम्मेलनको उद्घाटन पूर्व उप–प्रधान तथा गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेवार समुदायको उत्थानका लागी नेवार समुदायले नै पहलकदमी लिनु पर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा नेवा: मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष उमेश स्थापित, माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमु, जिल्ला विकास तथा समन्वय प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर थापा मगर, नेवा: मोर्चाका केन्द्रीय सदस्य रमेश कुमार श्रेष्ठ, धर्मदेव महर्जन, माओवादी केन्द्र गोरखाका छमबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का केन्द्रीय समिति सदस्य कमला नहर्की, नेवा: मुक्तिमोर्चाका प्रदेश सदस्य कृष्णबावु श्रेष्ठ, माओवादीका नगर कमिटी अध्यक्ष रामहरी केसी, तथा गोरखा नगरपालिका ६ का वडाध्यक्ष दिलिप जोशी समेतको उपस्थिति रहेको थियो ।

जिल्ला विकास तथा समन्वय समितिको सभाहलमा सम्पन्न सम्मेमलनको उद्घाटन कार्यक्रम नेवा: राष्ट्रिय मुक्तिमोर्चा नेपा: प्रदेश कमिटीका अध्यक्ष एवं जिल्ला सचिव रामचन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।