१२ असार २०८३, शुक्रबार
,
Latest
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउने चटारो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिदै जाँदा अहिले काठमाडौँ उपत्यकामा चाकुको व्यावसायिक उत्पादन गर्दै आएका व्यवसायीलाई फुर्सद छैन । अझ चाकुको उद्गम विन्दु टोखामा चाकु बनाउन व्यवसायीलाई भ्याइनभ्याई छ ।

टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ ।

नेवारी समुदायमा माघ एक गते मनाईने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । खासगरी चाकु जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरिर तात्ने भएकाले पनि पुस लागे देखि नै चाकुको माग बढ्ने गर्छ ।

माघे सङ्क्रान्ति नजिकिँदै जाँदा विशेषगरी नेवारी समुदायमा यसको संस्कृतिले छुट्टै महत्व राख्छ । नेपाली परम्परागत संस्कृतिसँग अभिन्नरुपमा जोडिएको चाकुको प्रकृतिसँग पनि अन्योन्याश्रित सम्बन्ध छ । जाडो याममा शरीरलाई ऊर्जा र शक्ति प्राप्त गर्न चाकु आफू खाने र अरुलाई पनि खुवाउने संस्कार र संस्कृति रहँदै आएको छ ।

विशेषरुपमा सुत्केरी महिलालाई चाकु खुवाउने गरिएकाले पनि यसलाई शक्तिवर्द्धक खाद्यका रुपमा लिइन्छ । मङ्सिर र पुसमा चाकु उत्पादन गर्ने परिवार अति नै व्यस्त रहने गर्छन् । टोखामा परिवारका कोही सदस्य पनि यो दुई महिना घरभन्दा टाढा जाँदैनन् ।  

उनीहरुलाई माघ १ गते मकर सङ्क्रान्ति आउनु केही दिनअघि नै बजारमा चाकु पुर्याइसक्नुपर्ने चटारो हुन्छ । त्यसैले यो समय उनीहरु दिनरात चाकु बनाउन खटिरहन्छन् ।पछिल्लो समय मसलादार र स्पेसल चाकुको माग बढेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेष चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । मसला मिसाइएका विशेष चाकुको मूल्य अन्यभन्दा महँगो हुन्छ ।

ठूलो तामाको भाँडामा सक्खर–पानीलाई १२० देखि १३० डिग्री सेल्सियस तापक्रममा उमाल्ने र बाक्लो भएपछि त्यसलाई केही बेर चिसो बनाउन अर्को भाँडोमा खन्याउने गरिन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर चाकुको सुनौलो पहेँलो रङ तानेर निकालिन्छ।

पकाएको सक्खर ज्यादै तातो हुने भएकाले चाकु बनाउन निपूर्ण कालीगढले मात्र खम्बामा तान्ने काम गर्न सक्छन् ।हाल सुनौलो कलर निकाल्न मेसिनको प्रयोगले चाकु कालिगडहरुलाई पनि पहिलाको तुलनामा केही हदसम्म सजिलो भएको समाजले जनाएको छ ।

फोटो – रासस र न्यूजपोलार