३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुमारानीले अनाथ बालबालिकालाई भत्ता दिने



अ+ अ-

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । 

अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ सा कार्यक्रम पालिकाले अगाडि बढाएको हो । पालिका गत  आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । 

 भत्ताका लागि पालिकाका ६ वटै वडाका ६५  अनाथ बालबालिका छनोटमा परेका छन् । संरक्षकविहीन बालबालिकाका लागि विनियोजित बजेटबाट पुग्ने गरी भत्ता दिने तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले बताउनुभयो । अबको केही दिनमा अनाथ बालबालिकालाई भत्ता वितरण गरिने उहाँको भनाइ छ । 

४२ अपाङ्गतालाई मासिक भत्ता 

गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिलाई चालु आर्थिक वर्षको शुरुदेखि नै मासिक भत्ता वितरण गर्दै आएको छ । यस क्षेत्रका नयाँ अपाङ्गता भएका तथा साविक महिला तथा बालबालिका कार्यालयबाट  नवीकरण गरेका अपाङ्गता व्यक्तिलाई मासिक रु पाँच सयका दरले वितरण गरिएको हो । 
पालिका क्षेत्रका अन्य अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिको तथ्याङ्क सङ्कलन पनि भइरहेको छ ।