४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक सुरु,रास्वपा, राप्रपाको विरोध



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै रास्वपा, राप्रपाले विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिँदा रास्वपा लगायतले विरोध जनाएका हुन् ।

यसैबीच, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।

यद्यपि, अर्को विपक्षी दल रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।