७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे सहमति



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।

यद्यपि, अर्को विपक्षी दल रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।