११ श्रावण २०८३, सोमबार
,
Latest
वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ-नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गर्नुभयो ।

नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उहाँले नेपाल सानो राष्ट्र भए पनि स्वाधिनताका साथ बसेको स्पष्ट गर्नुभयो । “दुनियामा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पूर्खाले चक्कुको सहारमा हराएर देशको स्वाधिनता बचाएका हुन् ।” विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओलीले भन्नुभयो, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।”
उहाँले इतिहासका तथ्यहरुले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताउनुभयो । “पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उहाँले भन्नुभयो ।