५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको उहाँले बताउनुभएको हो ।

शाक्यकाअनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पु¥याएको हो । शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको बताउनु भयो । उहाँकाअनुसार विगतमा जति लगानी भयो त्यसले पुगेन । ३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ? उहाँले प्रश्न गर्नुभयो । शाक्यले आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको संकेत गर्नुभयो । उर्जा क्षेत्रका लागि भएपनि विद्युत प्राधिकरणलाई बचाइराख्नुपर्ने बताउँदै उहाँले विद्युत प्राधिकरण खण्डिकरण हुने हो भने उर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताउनु भयो । शाक्यकाअनुसार विद्युत प्राधिकरण नीजि क्षेत्रको मेरुदण्ड हो । कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत प्राधिकरणलाई सबलीकरण गर्नुपर्छ ।

कार्यकारी निर्देशक शाक्यले भन्नुभयो–‘नेपाल विद्युत प्राधिकरण अहिले कठिन अवस्थामा छ । प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन । नेपाल विद्युत प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थीतिमा उभिएको छ । सरकारले २८ हजार ५ सय उन्नती प्रगतिको लक्ष्य तोकेको छ । अहिले ३ हजा ५ सयलाई हाम्रो प्रशारण र वितरण प्राणालीले धान्न सकिरहेका छैनौं । हाम्रो प्रणाली त्यति कमजोर छ । अहिले ट्रिप भइरहेको छ । आज एउटा रुख ढ्ल्यो एउटा ट्रासमिसन लाइन  ट्रिप भयो ।  सिस्टम ट्रिप भइरहेको छ । त्यो किन बलियो बनाउन सकेनौं ? हाम्रो आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौं ।’

नेपाल अल्पविकासशिल मुलुकबाट विकशिल मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौति रहेको छ । वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न सक्दैन । यसमा निजी क्षेत्रले समेत विद्युत प्राधिकरणलाई सघाउनुपर्ने शाक्यले बताउनु भयो । शाक्यले व्यक्तिगत स्वार्थ छाडेर प्राधिकरणलाई अघि बढाउन चाहेको समेत जिकिर गर्नुभयो । उहाँले सबैलाई साथ दिन समेत आग्रह गर्नुभयो ।