१ आश्विन २०८३, बिहीबार
,
Latest
अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात अर्ब रकम भुक्तानी गर्नुपर्ने



अ+ अ-

काठमाडौं । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । 

यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन । आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ । निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ ।”

विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्ने उपमहानिर्देशक सापकोटाले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ । उहाँले भन्नुभयो, “अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ ।”