५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर इन्डियाको विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री मोदी



अ+ अ-

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इन्डियाको विमान दुर्घटनास्थलमा पुगेका छन् ।

शुक्रबार २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट जारी अनुसन्धान, खोजरउद्धार कार्यबारे जानकारी लिएको बीबीसीले जनाएको छ ।

दुर्घटनास्थलमा करिब २० मिनेट विताएका उनले घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनले सञ्चारकर्मीहरुसँग भने बोलेनन् ।

बिहीबार अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान जमिन छोडेको एक मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए । दुर्घटनामा जीवित रहेका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।