१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर इन्डियाको विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री मोदी



अ+ अ-

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इन्डियाको विमान दुर्घटनास्थलमा पुगेका छन् ।

शुक्रबार २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट जारी अनुसन्धान, खोजरउद्धार कार्यबारे जानकारी लिएको बीबीसीले जनाएको छ ।

दुर्घटनास्थलमा करिब २० मिनेट विताएका उनले घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनले सञ्चारकर्मीहरुसँग भने बोलेनन् ।

बिहीबार अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान जमिन छोडेको एक मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए । दुर्घटनामा जीवित रहेका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।