१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए मात्रै संसद् खोल्न तयार रहेको बताएपछि एमाले र कांग्रेस तयार भएको हो ।

सदन सुचारु गर्ने बारे नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

सो छलफलमा नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका स्रोतले बतायो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा तथा उच्चस्तरिय छानबिन समितीको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।