२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको होस्टेलमा खसेको थियो एयर इन्डियाको विमान



अ+ अ-

अहमदाबाद । गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाज सिभिल अस्पताल होस्टेलको भवनमा ठोक्किएको खुलेको छ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अस्पतालको होस्टेलमा ठोकिएको भारतीय सञ्चारमाध्यम एबिपी न्यूजले जनाएको छ ।

५० देखि ६० जना इन्टर्न डाक्टरहरू होस्टेलमा खाना खाइरहेको अवस्थामा विमान दुर्घटना भएको बताईएको छ । विमान दुर्घटनामा इन्टर्न डाक्टरहरू पनि परेको हुनसक्ने बताईएको छ ।

दुर्घटनास्थलबाट छ जनाको शव निकालिएको बताईएको छ । यद्यपी, शव कसको भन्नेबारे खुलेको छैन ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा खसेको थियो । चालक दलका सदस्यसहित २४२ यात्रु सवार जहाजमा १६९ भारतीय, ५२ जना बेलायती, एक जना क्यानडेली र पोर्चुगलका ७ जना नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।