१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको होस्टेलमा खसेको थियो एयर इन्डियाको विमान



अ+ अ-

अहमदाबाद । गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाज सिभिल अस्पताल होस्टेलको भवनमा ठोक्किएको खुलेको छ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अस्पतालको होस्टेलमा ठोकिएको भारतीय सञ्चारमाध्यम एबिपी न्यूजले जनाएको छ ।

५० देखि ६० जना इन्टर्न डाक्टरहरू होस्टेलमा खाना खाइरहेको अवस्थामा विमान दुर्घटना भएको बताईएको छ । विमान दुर्घटनामा इन्टर्न डाक्टरहरू पनि परेको हुनसक्ने बताईएको छ ।

दुर्घटनास्थलबाट छ जनाको शव निकालिएको बताईएको छ । यद्यपी, शव कसको भन्नेबारे खुलेको छैन ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा खसेको थियो । चालक दलका सदस्यसहित २४२ यात्रु सवार जहाजमा १६९ भारतीय, ५२ जना बेलायती, एक जना क्यानडेली र पोर्चुगलका ७ जना नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

 

 




भर्खरै