५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दा दायर भएपछि परियारः अदालतले न्याय दिन्छ भन्नेमा विश्वास छ



अ+ अ-

काठमाडौँ । सूचना तथा प्रशारण विभाग महानिर्देशक प्रदीप परियारले अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाबारे प्रतिक्रिया दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूले पेसागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको बताएका हुन् ।

मैले मेरो पेसागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु । ‘ उनले लेखेका छन्, ‘अहिले प्रश्न उठेकाले मैले अदालती प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ ।’

परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा चार करोड भन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियारले बुधबार उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परियारले २०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए ।