२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा परराष्ट्रमन्त्रीले उठाइन् फाप्लाको खेलकूद ग्रामको प्रसंग



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँमा आयोजित नेपाल भारत संवाद सम्बन्धी एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलकूद ग्राम निर्माण हुने खेलकुद गाउँका विषयमा कुरा उठाउनुभएको छ ।

उहाँले सो कार्य क्रममा भन्नुभयो “नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो हो र हामीबीच धेरै कुरामा सहकार्य र साझेदारी हुँदै आएको छ । फाप्लामा खेलकूल ग्राम निर्माण गर्नेगरी भएको समझदारीले पनि हाम्रो संयुक्त सहकार्यको उदाहरण पेश गर्दछ । सो समझदारीले पनि हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ ।”

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो खेलकूद ग्रामका लागि भारत सरकारले सहयोग गर्ने भएको हो । यस विषयमा परराष्ट्रमन्त्री डा राणा भारत भ्रमणमा गएका बेला तथा काठमाडौँमा हुने द्विपक्षीय भेटवार्ताहरुमा समेत गरी पटक पटक कुरा उठाउँदै आउनुभएको छ ।

उहाँ भारत भ्रमणमा पुगेका बेला भरतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि उहाँले सो खेलकूद ग्रामका विषयमा कुरा उठाउनुभएको थियो ।