६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभालाई चिसोपानीमा डुबाएर प्रचण्डको तातोपानीमा डुबुल्की



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठक १५ दिनदेखि अबरुद्ध छ । प्रतिनिधिसभाको अवरोध हटाउन शीर्ष नेताहरुले ठोस पहल नगरेको भन्दै आलोचना भइरहेको छ ।

विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहल नगरेको भन्दै आलोचना हुने गरेको छ ।

यही बीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त झन् म्याग्दीमा पुग्नुभएको छ । त्यहाँ तातोपानीमा नुहाएर उहाँले आफूलाई स्वस्थ बनाउने प्रयास गरिरहनु भएको छ । तर प्रतिनिधिसभा भने १३ गतेदेखि बिरामी जस्तै अवस्थामा छ ।

यसै सन्दर्भलाई लिएर नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ ।

सांसद थापाले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

म्याग्दी, तातोपानीमा डुबुल्की मार्दै रमाइलो, तर प्रतिनिधिसभालाई १५ दिनदेखि चिसोपानीमा चुर्लुम्म डुबाउँदै सुप्रिमो महोदय–
विधायकहरूलाई यति निकम्मा बनाउने रवैया खेदजनक छ ।