५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभालाई चिसोपानीमा डुबाएर प्रचण्डको तातोपानीमा डुबुल्की



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठक १५ दिनदेखि अबरुद्ध छ । प्रतिनिधिसभाको अवरोध हटाउन शीर्ष नेताहरुले ठोस पहल नगरेको भन्दै आलोचना भइरहेको छ ।

विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहल नगरेको भन्दै आलोचना हुने गरेको छ ।

यही बीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त झन् म्याग्दीमा पुग्नुभएको छ । त्यहाँ तातोपानीमा नुहाएर उहाँले आफूलाई स्वस्थ बनाउने प्रयास गरिरहनु भएको छ । तर प्रतिनिधिसभा भने १३ गतेदेखि बिरामी जस्तै अवस्थामा छ ।

यसै सन्दर्भलाई लिएर नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ ।

सांसद थापाले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

म्याग्दी, तातोपानीमा डुबुल्की मार्दै रमाइलो, तर प्रतिनिधिसभालाई १५ दिनदेखि चिसोपानीमा चुर्लुम्म डुबाउँदै सुप्रिमो महोदय–
विधायकहरूलाई यति निकम्मा बनाउने रवैया खेदजनक छ ।