२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ४५ दिने शिशुमा देखियो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत म्याग्दी स्थायी घर भएका ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए । श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । 

सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।