८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्योः वैज्ञानिकहरू

ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्योः वैज्ञानिकहरू
अ+ अ-

एजेन्सी । मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार एक रिपोर्टमा जनाएको छ । यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको थियो ।

आर्कटिक क्षेत्र भूमण्डलीय तापक्रमको अग्रपङ्क्तिमा छ । वैज्ञानिक जर्नल नेचरमा सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार यो सन् १९७९ देखि पृथ्वीका अन्य भागहरूभन्दा चार गुणा छिटो तातिएको छ ।

“प्रारम्भिक विश्लेषणबाट ग्रिनल्यान्डको बरफको पत्र १७ गुणाले पग्लने दर..यसको मतलब समुद्री सतह वृद्धिमा ग्रिनल्यान्डको बरफको पत्रको योगदान यो तापक्रम नआएको भए जति हुने थियो त्यसभन्दा बढी छ,” प्रतिवेदनका एक लेखक, इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोले पत्रकारहरूलाई भन्नुभयो, “जलवायु परिवर्तन नभएको भए यो असम्भव हुने थियो ।”

आइसल्यान्डमा मे १५ मा तापक्रम २६ डिग्री सेल्सियस ९७९ फारेनहाइट० पार गर्‍यो । यो उपआर्कटिक टापुका लागि त्यो समयमा अभूतपूर्व थियो ।

“सन् १९९१–२०२० को औसत मे महिनाको दैनिक अधिकतम तापक्रमभन्दा १३ डिग्री सेल्सियस बढी तातो आइसल्यान्डमा यो मे महिनामा देखिएको तापक्रम रेकर्ड तोड्ने छ”, डब्लुडब्लुएले भन्यो ।

देशको मौसम विज्ञान संस्थानका अनुसार मे महिनामा आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रहरूले रेकर्ड तापक्रम दर्ता गरेका छन् ।

पूर्वी ग्रिनल्यान्डमा गर्मीको समयमा सबैभन्दा तातो दिन पूर्व–औद्योगिक मौसमको तुलनामा करिब तीन दशमलव नौ डिग्री सेल्सियस बढी थियो ।

“लगभग २० डिग्री सेल्सियसको तापक्रम संसारभरका धेरैजसो मानिसको अनुभवबाट चरम घटना जस्तो नलाग्न सक्छ, तर यो संसारको यस भागको लागि साँच्चै ठूलो कुरा हो”, ओटोले भन्नुभयो, “यसले पूरै संसारलाई व्यापक रूपमा प्रभावित पार्छ ।”

डब्लुडब्लुएका अनुसार यस मे महिनामा आइसल्याण्ड र ग्रिनल्याण्डमा देखिएको रेकर्ड उचाइ प्रत्येक एक सय वर्षमा दोहोरिन सक्छ ।

ग्रिनल्याण्डका आदिवासी समुदायहरूका लागि तातो तापक्रम र पग्लिने बरफले उनीहरूको जीविकोपार्जन र परम्परागत जीवनशैलीका लागि खतरा उत्पन्न गर्दै बरफमा सिकार गर्ने क्षमतालाई असर गर्छ ।

यी परिवर्तनले दुई देशको पूर्वाधारलाई पनि प्रभावित गरेको छ ।

“ग्रिनल्याण्ड र आइसल्यान्डमा चिसो मौसमका लागि पूर्वाधार निर्माण गरिएको छ, जसको अर्थ गर्मीको लहरमा हिउँ पग्लिँदा बाढी आउन सक्छ र सडक र पूर्वाधारलाई क्षति पुर्‍याउन सक्छ”, डब्लुडब्लुएले भन्यो।