५ असार २०८२, बिहीबार
,
Latest
कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा



(250609) — LOS ANGELES, June 9, 2025 (Xinhua) — Los Angeles Police Department police officers try to disperse protesters in front of the Los Angeles Federal Detention Center, in Los Angeles, California, the United States, June 8, 2025. More than 1,000 protesters clashed and faced off with National Guard troops in downtown Los Angeles on Sunday during the latest demonstrations against immigration raids that swept across California over the weekend. (Photo by Qiu Chen/Xinhua)
अ+ अ-

एजेन्सी । अमेरिकी क्यालिफोर्निया राज्यले संघीय आप्रवासन छापा मार्ने विरोधका बीच लस एञ्जलसमा राज्यको राष्ट्रिय गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनलाई मुद्दा हालेको छ । यो कदमलाई अधिनायकवादतर्फको एक स्पष्ट कदमका रुपमा चित्रण गरेको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र महान्यायाधिवक्ता रोब बोन्टाले राज्यको राष्ट्रिय गार्डको अवैध र अनावश्यक अधिग्रहण अन्त्य गर्न ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको बताउनु भयो ।

ट्रम्पले अनावश्यक रूपमा लस एन्जलस क्षेत्रमा अराजकता र हिंसा बढाएको आरोप लगाउनु भयो । शुरुमा आप्रवासन प्रवर्तन अपरेशनको प्रतिक्रियामा विरोध प्रदर्शन शुरु भएको थियो । प्रशासनका अधिकारीहरूले लस एन्जलस, शिकागो र न्यूयोर्क लगायत प्रमुख प्रजातान्त्रिक नेतृत्वका शहरहरूमा आफ्नो प्रयास केन्द्रित गरेका छन् । विरोधका बीच ट्रम्पले गत शनिवार २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिनुभयो ।

अमेरिकी उत्तरी कमाण्डले सोमवार पुष्टि ग¥यो कि लस एन्जलसमा भएको विरोध प्रदर्शनको प्रतिक्रिया दिन लगभग ७ सय अमेरिकी मरीनहरू सक्रिय पारिएका छन् । मरीनहरू राष्ट्रिय गार्ड सेनामा सामेल हुनेछन् ।