३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताउनुभएको छ ।

फ्रेण्ड अफ सिल्क रोड क्लब–नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताउनु भयो । उहाँले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताउनु भयो ।

मन्त्री भण्डारीले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताउनु भयो । उहाँले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब हामी मुलतः आन्तरिक लगानी प्रवद्र्धन गर्नेकुरा पहिलो प्राथमिकता, त्यसपछि छिमेकीहरूसँग त्यहाँको पुँजी, प्रविधिलाई प्रयोग गर्ने कुरामा हामी दुई वटै छिमेकीसँग समान रूपमा, हाम्रा सम्बन्धहरूलाई विस्तार गर्ने, त्यसको लाभ लिने कुरा । छिमेकी मुलुक भारतसँग, चीनसँग दुवैका अनुभवहरू हाम्रो अनुकूलतामा मुलुकको हितमा कसरी अनुकूल बनाउन सकिन्छ ? कसरी लाभ लिन सक्छौँ ? कसरी छिमेकीपनसँगको सम्बन्धलाई विस्तार गर्न सक्छौँ ? नेपालको भूराजनीतिकलाई हामीले हाम्रो अनुकुलतामा छिमेकी मुलुकको विश्वासलाई कसरी आर्जन गर्न सक्छौँ त्यसमा हाम्रा छलफलहरू सार्थक हुनेछन्, सरकार त्यो कुरा सुन्न तयार छ ।”  

उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको बताउनु भयो । – न्युज एजेन्सी नेपाल