३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति



अ+ अ-

काठमाडौँ: नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति गठन भएको छ ।

उक्त कार्य समितिका उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मी, महासचिवमा वरिष्ठ अधिवक्ता तथा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतो, कोषाध्यक्षमा अधिवक्ता सरस्वती डंगोल चयन हुनुभएको छ ।

सदस्यहरूमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल, वरिष्ठ मानव अधिकारकर्मी डा. इन्दीरा श्रेष्ठ, सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन कर्ण थापा र नेपाल सरकार वन विभागका पूर्व महानिर्देशक मनबहादुर खड्का सर्वसहमतीले चयन हुनुभएको छ ।

ग्रामीण विकास प्रतिष्ठानले विगत ३० वर्षदेखि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी कानुन निर्माण, कानुन निर्माणमा सरोकारवालाहरूको सहभागिता, क्षमता अभिबृद्धि कार्यक्रम, न्यायमा पहुँचलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले आगामी दिनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी कानुन निर्माण, मानव अधिकार, समावेशी, कानुनी शासन, जनवायु परिवर्तनका क्षेत्रहरूमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिनुभयो ।रासस