३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति



अ+ अ-

काठमाडौँ: नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति गठन भएको छ ।

उक्त कार्य समितिका उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मी, महासचिवमा वरिष्ठ अधिवक्ता तथा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतो, कोषाध्यक्षमा अधिवक्ता सरस्वती डंगोल चयन हुनुभएको छ ।

सदस्यहरूमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल, वरिष्ठ मानव अधिकारकर्मी डा. इन्दीरा श्रेष्ठ, सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन कर्ण थापा र नेपाल सरकार वन विभागका पूर्व महानिर्देशक मनबहादुर खड्का सर्वसहमतीले चयन हुनुभएको छ ।

ग्रामीण विकास प्रतिष्ठानले विगत ३० वर्षदेखि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी कानुन निर्माण, कानुन निर्माणमा सरोकारवालाहरूको सहभागिता, क्षमता अभिबृद्धि कार्यक्रम, न्यायमा पहुँचलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले आगामी दिनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी कानुन निर्माण, मानव अधिकार, समावेशी, कानुनी शासन, जनवायु परिवर्तनका क्षेत्रहरूमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिनुभयो ।रासस