५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातारात १०२ वटा युक्रेनी ड्रोन नष्ट गरेको रूसको भनाई



अ+ अ-

एजेन्सी । रूसको वायु रक्षा प्रणालीले रातारात १०२ वटा युक्रेनी ड्रोनहरु रोकी नष्ट गरेको देशको रक्षा मन्त्रालयले मंगलबार टेलिग्राम मार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार पश्चिमी र मध्य रूसका धेरै क्षेत्रहरूमा सोमबार ड्रोनहरू नष्ट गरिएको थियो ।

ब्रियान्स्क ओब्लास्टमा ४६ वटा, बेलगोरोड ओब्लास्टमा २० वटा, भोरोनेज ओब्लास्ट र क्रिमियामा नौ–नौ वटा, कालुगा ओब्लास्ट र तातारस्तानमा चार–चार वटा, मस्को ओब्लास्टमा तीन वटा लेनिनग्राद, ओरिओल र कुस्र्क ओब्लास्टमा दुइ–दुई वटा र स्मोलेन्स्क ओब्लास्टमा एउटा ड्रोनहरु खसालिएको मन्त्रालयले जनाएको छ ।