४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन



अ+ अ-

प्रतिनीधिसभा सदस्य एंव तत्कालिन संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । शहिद गंगालाल ह्दयरोग केन्द्रमा उनको उपचारका क्रममा निधन भएको हो । अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।

मुटुमा समस्या देखिएको पछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन सकेकी थिइनन् । अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन् । सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको छ ।